त्रिविमा विद्यार्थी संगठन ‘चन्दा आतंक’ : एनपीएल खेलाउन क्यानले २५ लाख दिनुपर्ने सम्झौता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्न नेपाल क्रिकेट संघले त्रिभुवन विश्वविद्यालयका विद्यार्थी संगठनहरूलाई २५ लाख रुपैयाँ दिने सम्झौता गरेको खुलासा भएको छ।

विश्वविद्यालयको कार्यकारी परिषद् जस्ता आधिकारिक निकायलाई समेत बेखबर राखी विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनका नेताहरूको दबाबमा उक्त सम्झौता गरिएको हो। त्रिवि मैदान प्रयोग गरेबापत क्यानले वार्षिक ९ लाख रुपैयाँ भाडा तिरिरहेको छ । तर, उक्त भाडाबाहेक अतिरिक्त २५ लाख रुपैयाँ ‘चन्दा’ स्वरूप दिन यो सम्झौता गरिएको हो।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख उपप्राध्यापक दीपेन्द्र पराजुलीले भने खेल आयोजनाले शैक्षिक वातावरणमा पार्ने असर न्यूनीकरण गर्न रकम लिन लागिएको दाबी गरेका छन्। सम्झौताअनुसार, एनपीएलबाट प्राप्त हुने नाफाबाट १५ लाख रुपैयाँ ‘विद्यार्थी कल्याणकारी कोष’मा र १० लाख रुपैयाँ ‘स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कोष’ मा जम्मा गरिनेछ।

पहिलो रकम शैक्षिक क्षतिपूर्तिका लागि र दोस्रो रकम रंगशाला वरपरको फोहोर व्यवस्थापन तथा वातावरणीय संरक्षणका लागि खर्च गरिने भनिएको छ। यो विवादास्पद सम्झौतामा त्रिविका तर्फबाट निर्देशनालय प्रमुख पराजुली र स्ववियु अध्यक्ष दीपकराज जोशीले हस्ताक्षर गरेका छन् भने क्यानका तर्फबाट सचिव पारस खड्का र केन्द्रीय सदस्य श्रीधर केसीले हस्ताक्षर गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित