नेपाल ट्रस्टको जग्गा ठगी प्रकरण : पूर्वसहसचिव कार्की पक्राउ

काठमाडौं । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल ट्रस्टको कार्यालय काठमाडौंमा सहसचिव पदमा कार्यरत (हाल अवकाशप्राप्त) कर्मचारी चितवनको भरतपुर महानगरपालिका–१५ का ६६ वर्षीय लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल ट्रस्टका नाममा दर्ता कायम रहेको काठमाडौंको जग्गा बदनियत राखेर हानिनोक्सानी हुने गरी भाडामा दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका निम्ति कार्कीलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, कार्कीको संलग्नतामा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिका बीचमा लिजमा दिने लिने करार सम्झौता भएको थियो । त्यति बेला सूचनामा उल्लेख भएको कित्ता नं ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं.४६०५ समेत थप गरी लिजमा दिने/लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय र आधारबिना कार्य गरिएको थियो । बदनियतपूर्वक नेपाल ट्रस्टका नाममा रहेको जग्गा ‘बोट मोडल’का निम्ति निर्माण अवधि तीन वर्ष समेत तोकी ३० वर्षलाई लिजमा दिनेरलिने सम्झौता गरेको पाइएको हो ।

०७४ जेठ १४ गते नेपाल ट्रस्टको कार्यालयलाई दीर्घकालीन हानिनोक्सानी हुने गरी उक्त करार सम्झौता भएको पाइएको उनले बताए ।

सीआईबीले शनिबार (कात्तिक २२ं) सार्वजनिक गरेको विवरणमा भनिएको छ, “नेपाल ट्रस्टको जग्गा लिजमा लिने लाभग्राहीले सहयोग गर्ने अधिकारीसम्बद्ध रहेको विभिन्न ओहोदा र पदमा रहेका व्यक्तिहरूले गैरकानुनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको, उल्लेखित कार्यबाट नेपाल ट्रस्टमार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानिनोक्सानी पुर्‍याई विभिन्न पद तथा ओहोदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको पाइएको छ ।”

एसएसपी श्रेष्ठले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरी कार्कीमाथि अनुसन्धान थालिएको जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित