रास्वपा सांसद शाहले दिए पदबाट राजीनामा

काठमाडौं । रास्वपा सांसद असिम शाहले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आज विज्ञप्ति जारी गर्दै आफूले राजीनामा दिएको जानकारी दिएका हुन् ।

शाहले जेनजी आन्दोलनलाई सरकारले गरेको दमन, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाएको घटना र नागरिक अधिकारमाथि भएको हस्तक्षेप आफ्नो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको भन्दै पदत्याग गर्ने निर्णय गरेको बताएका छन् ।

‘मैले पटक–पटक सदनमा युवाको आवाज बोलेँ, चेतावनी दिएँ— सडक विद्रोह हुन सक्छ, यदि युवाको भावना बुझिएन भने । तर, सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन्,’ विज्ञप्तिमा भनिएको छ ।

शाहका अनुसार, संसदमा्मा बसेर चुप लाग्नु वा गलत नीतिहरूलाई मौन समर्थन गर्नु आफ्ना मतदाता र देशको भविष्यसँग विश्वासघात हुने भएकाले राजीनामा दिनुपरेको उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित