गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी

काठमाडौं । जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन्।

कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो। ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए।

घटनाको जिम्मेवारी लिँदै लेखकले राजीनामा दिनुपर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए । जेनजीले काठमाडौंसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ। काठमाडौं उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ। अढाई सयभन्दा बढी घाइते भएका छन्। बानेश्वरको संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका थिए।

देशभर भएको जेन जीको प्रदर्शनमा सरकारी दमनमा परेर २० जनाको ज्यान गएको छ। काठमाडौंमा मात्रै १८ जनाको ज्यान गएको छ। जसमध्ये राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जना निधन भएको अस्पताल प्रशासनले जनाएको छ। यीमध्ये ५ जनाको पहिचान भएको छ।

ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, वर्ष नखुलेका गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो।

गम्भीर घाइते अवस्थामा ल्याइएका उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो। मृतकमध्ये बाँकी तीनजनाको अझै सनाखत हुन सकेको छैन।

यसैगरी, काठमाडौं मेडिकल कलेजमा मृत्यु भएकामध्ये शौरभ किशोर श्रेष्ठ र सुवास पोखरेलको पहिचान भएको छ।

बाँकी १२ जनाको अझै सनाखत भइसकेको छैन। काठमाडौँका नयाँ बानेश्वरस्थित सिभिल, एभरेस्ट, सिनामंगलमा रहेको केएमसी अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल र ललितपुरको पाटन अस्पतालमा पनि घाइतेको उपचार जारी छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित