देउवाको पोस्टमा बालेनको कमेन्ट-यो पोस्ट कुन भीपीएनबाट हो ?

काठमाडौं । सरकारले हालै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि अहिले त्यसको चर्को आलोचना भइरहेको छ ।

नेपालमा सूचीकरण नभएको भन्दै फेसबुक, एक्स, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारले निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्रीको सचिवालय, सत्तारूढ दलका नेता लगायतले निर्वाध यी सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । त्यसले प्रयोगकर्ताहरूमा झन् आक्रोश बढाएको छ ।

यसरी आक्रोश व्यक्त गर्नेमा काठमाडौंमा महानगरपालिकाका मेयर बालेन (बालेन्द्र)शाह पनि रहेका छन् । उनले सरकारको यो निर्णयमा व्यंग्य गर्दै विभिन्न पोस्ट गरिरहेका छन् ।

यसैक्रममा उनले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एउटा पोस्टमा कमेन्ट गर्दै ‘कुन भीपीएन’बाट पोस्ट गरेको भनेर सोधेका छन् । त्यति मात्र नभई उनले भीपीएनबाट चलाउन गाह्रो हुने रहेछ भनेर समेत लेखेका छन् ।

देउवाले शनिबार सुनसरीमा सहभागी भएको एउटा कार्यक्रमबारे उल्लेख गर्दै पाँच तस्वीर राखेर पोस्ट लेखेका थिए, ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु ।’

देउवाले शनिबार दिउँसो ३ बजरे ३८ मिनेटमा गरेको उक्त पोस्टमा बालेनले आइतबार बिहान ९ बजेर ३१ मिनेटमा कमेन्ट गरेका हुन् । उनले कमेन्टमा लेखेका छन्, ‘यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी । साह्रै गारो हुने रहेछ भीपीएबाट चलाउन त !’

समाचार तयार पार्दासम्म देउवाको पोस्टमा जम्मा १८ सय रियाक्ट छ भने बालेनको कमेन्टमा सात हजार ३०० रियाक्ट पुगेको छ । केही उनको कमेन्टमा रिप्लाइ समेत गरिरहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित