ओमशान्ति बागलुङले गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन

बागलुङ । राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व भातृत्व दिवसका अवसरमा सोमबार बागलुङमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा ५० युनिट रगत संकलन भएको क्षेत्रीय कार्यालयका प्रमुख ब्रह्माकुमारी सावित्री बरालले जानकारी दिइन् ।

बागलुङ बजारस्थित ओम शान्ति भवनमा आयोजित रक्तदान कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधीश नातिकाजी लामिछाने, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

‘विश्व एकता र भातृत्वका लागि रक्तदान’ भन्ने आदर्श वाक्यसहित नेपाल, भारतसहितका मुलुकमा विशाल रक्तदान शिविरको आयोजना भइरेहको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङका प्रमुख बरालले जानकारी दिइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित