बुटवल । नेपाली कांग्रेस प्युठानका क्षेत्रीय उपसभापति रेशमबहादुर ठेडीलगायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
प्रदेशतर्फ क्षेत्र नम्बर (क) का उपसभापति तथा माण्डवी गाउँपालिका–३ का बासिन्दा ठेडीलाई रास्वपा महामन्त्री कबीन्द्र बुर्लाकोटीले आइतबार पार्टी स्वागत गरेका हुन् ।
सबै तहका नेताहरू पार्टी सिद्धान्त र सर्वसाधारण जनताको भावनाविपरीत चल्न थालेपछि कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेको उनले बताए ।
ठेडीसँगै विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता रास्वपा प्रवेश गरेका छन् ।
यस्तै एमाले नेता दलबहादुर केसीसहितका नेताहरू पनि रास्वपा प्रवेश गरेका छन् ।



































