गोली हानेर भागेका अभियुक्त मोटरसाइकल दुर्घटनामा परे

काठमाडौं । सर्लाहीमा एक जनाको गोली हानी हत्या भएको छ । स्थानीय रामपुकार यादवको हत्या भएको प्रहरीले जनाएको छ ।

यादवमाथि राति साढे ८ बजेतिर घर अगाडि मोटरसाइकलमा आएका हतियारधारीले गोली हानेर भागेका थिए ।

टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

उनलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् तर प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । गोली प्रहार गरी भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ती व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्ति पनि दुर्घटनामा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए । उनको सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालबाट थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित