वाईसीएलबाट बिदा भएकाहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना भ्रातृ संगठनमा सबैभन्दा बढी शक्तिशाली योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई मानेको छ । भर्खरै राष्ट्रिय सम्मेलन गरेर वाईसीएलले नयाँ नेतृत्व चयन गरेको थियो । नयाँ नेतृत्व चयन गर्दै नेतृत्वबाट बाहिरिएका वाईसीएलका पाँच जना उपाध्यक्षहरूलाई माओवादीले छोटो समयमा नै वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

१६ साउनदेखि बसेको स्थायी समिति बैठकले पाँच जना उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको पार्टीले जारी गरेको सर्कुलरमा उल्लेख गरेको छ । माओवादीको वैकल्पिक केन्द्रीय सदस्यमा चुनिनेमा वाईसीएलका पूर्वउपाध्यक्ष केइरसिं कुँवर, गोगनबहादुर मल्ल, ज्ञानबहादुर ढुंगाना, मञ्जु बम र उमेश घोरासैनी छन् ।

उता गत वर्ष फागुनमा उमेरहद लागेपछि निर्वाचनबाट अनेरास्ववियु क्रान्तिकारीले नयाँ नेतृत्व चयन गरेको थियो । क्रान्तिकारीमा उमेरहद लागेपछि बिदा भएका उपाध्यक्षदेखि महासचिवसम्मका पदाधिकारीहरूलाई भने माओवादीले केन्द्रीय प्रतिनिधि बनाएको छ ।

माओवादीको सर्कुलरमा भनिएको छ , ‘वाईसीएलका निवर्तमान पाँच जना उपाध्यक्षहरूलाई वैकल्पिक केन्द्रीय समिति सदस्य बनाउने निर्णय भएको छ । साथै, विद्यार्थी मोर्चाका निवर्तमान पदाधिकारीलाई यसअघिको निर्णयअनुसार केन्द्रीय प्रतिनिधि बनाइएको छ ।’ विद्यार्थी मोर्चाका अन्य निवर्तमान पदाधिकारीहरूको हकमा तत्कालीन विद्यार्थीसम्बन्धी कार्यदलको सिफारिसअनुसार प्रदेश सचिवालय समिति र प्रदेश समितिमा राख्ने भनिएको छ ।

माओवादी केन्द्रले पार्टी विधानमा वैकल्पिक केन्द्रीय सदस्य थप गर्ने भएको छ । सर्कलुर भनिएको छ, ‘व्यवस्थाअनुसार कार्यसमितिको बढीमा ५० प्रतिशतसम्म हुनेगरी वैकल्पिक सदस्यहरू बनाउन सकिने प्रावधान रहेको छ । तर पार्टी एकता र समायोजनपछिको सन्तुलन मिलाउने क्रममा केही वैकल्पिक सदस्यहरू थप्नुपर्ने भएकाले आगामी केन्द्रीय समितिको बैठक र विधान अधिवेशनप्रति जवाफदेही हुनेगरी उक्त प्रतिशतमा थपघट गर्न सकिने निर्णय गरिएको छ । वैकल्पिक सदस्य थप गर्नुपर्दा प्रदेश समन्वय कार्यलयहरूको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने छ ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित