सिन्धुलीका खिलबहादुरलाई भारत लगेर मिर्गौला तस्करी गर्ने एक जना पक्राउ

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई भारत पुर्‍याएर मिर्गौला तस्करी गर्ने गिरोहका एक जना पक्राउ परेका छन् ।

स्रोतका अनुसार भुजेललाई काठमाडौंबाटै सुनौली नाका हुँदै भारत पुर्‍याउने तथा ल्याउने नुवाकोटका समीर परियार पक्राउ परेका हुन् । उनले एक जना व्यक्ति बराबर ५० हजार रुपैयाँ कमिसन लिने गरेको खुलेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले पनि एक जनालाई नियन्त्रण लिएर अनुसन्धान थालिएको पुष्टि गरे ।

खिलबहादुरले सुरुमा आफूलाई पोखराबाट अपहरण गरी भारत लगिएको भने पनि अनुसन्धानका क्रममा भने उनलाई काठमाडौंबाटै फकाई फुलाई सुनौली नाका हुँदै भारती पुराइएको पाइएको खिलबहादुरका दाइ मानबहादुर भुजेलले बताए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित