बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका ईन्द्रबहादुर बानियाँ नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दल नेता ईन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्।

मुख्यमन्त्री पदमा कांग्रेस सांसद बानियाँले मात्रै दाबी पेस गरेका थिए। नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका बानियाँलाई मंगलबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार बानियाँलाई प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाको भनाइ छ।

नेपाली कांग्रेसकै बहादुर सिं लामा तामाङ यसअघि मुख्यमन्त्री थिए। तामाङले कांग्रेस संसदीय दल नेताको हैसियत गुमाएपछि बानियाँ संसदीय दल नेता हुँदै मुख्यमन्त्री नियुक्त भएका हुन्।

११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्।

नवनियुक्त मुख्यमन्त्री बानियाँ मकवानपुरको हेटौंडाका हुन्। उनी २०५२ सालदेखि कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट राजनीतिमा लागेका थिए।

उनी २०७० सालमा संविधान सभा सदस्य, कांग्रेस मकवानपुर सभापति, २०७४ मा पर्यटन राज्यमन्त्री र गृहराज्यमन्त्री तथा बागमती प्रदेश सभा सदस्य, कांग्रेस बागमती प्रदेश सभापतिलगायत भइसकेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित