कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ५३०० नेपालीलाई रोजगारीको अवसर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाले सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ।

दक्षिण कोरियामा रोजगारीका लागि जाने इच्छुक नेपाली नागरिकका लागि https://eoers.epsnepal.gov.np यो परीक्षा महत्वपूर्ण मानिन्छ।

ईपिएस शाखाका अनुसार परीक्षा आवेदन फाराम साउन २६ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत भर्न सकिनेछ। इच्छुक उम्मेदवारले वेबसाइटमा गई आवेदन दिनुपर्नेछ।

परीक्षाका लागि आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ। यो परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ३५०० जना र कृषि तथा पशुपालन क्षेत्रमा १८०० जना गरि कुल ५३०० जना नेपाली नागरिक छनोट गरिनेछन्।

यो परीक्षा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली श्रमिक पठाउने प्रक्रिया अन्तर्गत लिइने हो। परीक्षा र छनोट प्रक्रिया HRD Service of Korea को समन्वयमा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

ईपिएस शाखाले इच्छुक तथा योग्य नेपाली नागरिकलाई निर्धारित म्यादभित्र आवेदन दिन आह्वान गरेको छ। परीक्षा सम्बन्धी थप जानकारि अर्को सूचनामार्फत दिइने सूचनामा उल्लेख छ ।

https://newskhari.com/storage/2023/07/eps_korea_Szj0hQRALf.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित