सिद्धबाबामा पहिरो, बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल । बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तीनाउ गाउँपालिका–३ सिद्धबाबा मन्दिरनजिकै पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय दोभानका अनुसार सिद्धबाबा मन्दिरनजिकै सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो ।

निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको र सुरक्षालाई मध्यनजर गर्दै तत्काल ठूलो मेसिन पठाउन कठिन भएको बताइएको छ ।

डोजरले पहिरो हटाउन जोखिमपूर्ण रहेको र ठूला चट्टानहरू खसिरहेकाले जान नमानेकाले कतिबेला सडक खुल्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

सोही क्षेत्रमा सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिरोका कारणले सडक अवरुद्ध बनेको थियो ।

यस क्षेत्रमा वर्षाको समयमा लामो समयदेखि पहिरो जाने तथा दुर्घटना बढेसँगै सरकारले सुरुङमार्ग निर्माण गरिरहेको छ । सुरुङको ब्रेक थ्रु भइसकेको छ भने लाइनिङको काम भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित