कक्षा १२ को परीक्षा फल सार्वजनिक, ६१ प्रतिशत उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। वैशाख २१ देखि जेठ २ गतेसम्म चलेको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा ३८.८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ। सबैभन्दा धेरै ६६ हजार २७५ जनाले अङ्ग्रेजीमा ननग्रेड ल्याएका छन्।

कक्षा १२ को नतिजामा उत्तीर्ण प्रतिशत गत वर्षभन्दा ९ प्रतिशतले बढेको छ। गत बर्ष ५२.९१ प्रतिशत उत्तीर्ण भएका थिए

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित