व्यापार घाटा १३ खर्ब बढी

भन्सार विभागले चालू आर्थिक वर्षको ९ महिनासम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार चालू आवको ९ महिनामा ३१ ‍‍.९७ प्रतिशतले आयातमा वृद्धि भएको छ । तुलनात्मक रुपले यो रकम २७.२६ प्रतिशत बढी हो ।

यस अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको छ । गत आर्थिक २०७७।७८ मा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बढीको आयात भएको थियो । गत आर्थिक बर्षको तुलनामा यो रकम ३१.९७ प्रतिशत बढी हो ।

त्यसैगरी, चालू आर्थिक वर्षको नौ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको २०७७।७८ मा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो जुन ६९.४४ प्रतिशतले बढी देखिन्छ ।

तथ्यांक अनुसार निर्यात भन्दा आयातमा वृद्धि हुँदा व्यापार घाटा बढेको छ । चालू आवको नौ महिनामा साढे १४ खर्ब बढीको आयात हुँदा २८.४७ प्रतिशतले व्यापार घाटा बढेको हो ।

पछिल्लो नौ महिनामा नेपालले १३ खर्ब ६ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

त्यस्तै, चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोहि अबधिमा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।

भारतबाट ९ खर्ब १७ अर्ब २४ लाख बढीको आयात र एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात भएको छ । भारतसँग ९ महिनाको अवधिमा नेपालले ७ खर्ब ७३ अर्ब ८० करोड ७० लाख बढीको व्यापार घाटा व्यहोरेको छ ।

चीनबाट नौ महिनामा २ खर्ब ११ अर्ब ४ करोड ८० लाख बराबरको आयात र ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र २ खर्ब १० अर्ब ४२ करोड ५१ लाख बराबरको व्यापार घाटा रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित