गायिका एलिना चौहान पुगिन् साइबर ब्युरो

काठमाडौं । निजी जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेहरूविरूद्ध गायिका एलिना चौहान नेपाल प्रहरीको साइबर ब्युरो पुगेकी छन्।

उनले सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी छन्। अमर्यादित कमेन्ट गर्नेलाई कानुनी कारबाहीको माग गर्दै निवेदन दिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए।

निवेदन आएसँगै ब्युरोले त्यसमाथि अनुसन्धान सुरू गरेको छ।

गायिका एलिनाले लगातार अमर्यादित कमेन्ट गर्नेविरूद्ध साइबर ब्युरो पुगेको बताइन्। ‘अति नै भएपछि आज चार जनाविरूद्ध उजुरी दिएकी छु,’ उनले भनिन्।

अभद्र कमेन्ट गर्ने बाँकी प्रयोगकर्तालाई पनि क्रमशः जाहेरी दिँदै जाने उनले बताइन्।

एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित