‘साम्बा’ले पाइन् नेपाली टिमको कप्तानीको जिम्मेवारी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानी जिम्मेवारी सावित्रा भण्डारी (साम्बा) ले पाएकी छन् ।

नेपाली राष्ट्रिय टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले आइतबार एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँगको खेलअघि सावित्रालाई यो जिम्मेवारी सुम्पिदै पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । योसँगै सावित्रा नेपाली महिला टिमको इतिहासमा कप्तानी सम्हाल्ने १२औँ खेलाडी बनेकी छन् ।

लाओसविरुद्ध खेल्ने नेपालको सुरुआती–११ मा यसअघि नियमित कप्तान रहेकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले स्थान बनाउन सकिनन् । उनको स्थानमा अञ्जना पहिलो रोजाइमा उत्रिएकी छन् ।

छनोटमा नेपाली टिम समूह ‘एफ’ मा छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । नेपालले छनोटको पहिलो खेलमा जुन २९ मा लाओससँग खेल्नेछ । यस्तै, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यस समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित