पहिरोले बडिगाडमा विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

ढोरपाटन । विद्यालयमा पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित बनेको छ । बागलुङको बडिगाड गाउँपालिका–४ स्थित नैतुल आधारभूत विद्यालयको भवन भत्किँदा पठनपाठन प्रभावित भएको हो ।

शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण विद्यालय माथिदेखि खसेको पहिरोले दुई वटा भवनका चार कक्षाकोठामा पूर्ण रुपमा क्षति पु¥याएको छ ।

दुईमध्ये एउटा भवनको गाह्रो भत्किएर पहिरो कक्षाकोठा भित्रै पसेको र अर्को भवनको छानो भत्किएको विद्यालयका प्रधानाध्यापक बमबहादुर बोगटीले जानकारी दिए । दुईवटै विद्यालय भवन पहिरोको उच्च जोखिममा परेपछि पठनपाठन गर्न समस्या भएको उनको भनाइ छ । विद्यालयमा सबै ससाना बालबालिका मात्रै अध्ययनरत रहेको प्रधानाध्यापक बोगटीले बताए ।
उनले भने, “पहिरो राति गएको हो, दिउँसोको समयमा गएको भए मानवीय क्षति हुनसक्ने रहेछ, पहिरो अहिले रोकिए पनि विद्यालयमा पठनपाठन गर्नसक्ने अवस्था छैन, चार वटा कोठामा पहिरोले ठूलो क्षति पु¥याएको छ, पहिरो कक्षाकोठा भित्रै पसेपछि हिलाम्मे छ, गाह्रो भत्किएर पुनःनिर्माण गर्नुपर्ने अवस्था छ ।”

गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पठनपाठनलाई तत्काल सञ्चालन गर्न विकल्प खोज्ने बताए । असार १८ गतेदेखि पालिकास्तरीय पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको अवस्थामा पठनपाठन प्रभावित हुन पुगेपछि पालिकाले पठनपाठन गर्ने वातावरण तयार गर्ने उनको भनाइ छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा १२२ बालबालिका अध्ययनरत छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित