बागलुङ नगरको नीति तथा कार्यक्रम: निजी क्षेत्रको सहकार्यमा ‘बागलुङ लगानी सम्मेलन’ गरिने

बागलुङ । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागलुङ नगरपालिकाको १७ औँ नगर सभामा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले आर्थिक वर्ष २०८२/८३को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिने बताएका हुन् । कार्यक्रमलाई व्यवस्थित गर्न कृषि पकेट कार्यक्रम सञ्चालन गरिने भएको छ ।

कृषिलाई निरन्तर पेशाको रुपमा अगाडि बढाउने उत्कृष्ट कृषक तथा कृषक समुहलाई सम्मान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषि उत्पादनको बजारिकरणकोलागि कृषि बजार स्थापना गरिने, कृषि तथा पशुपन्छि उत्पादनलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरण गर्न सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको समन्वय तथा सहकार्यलाई प्रथामिकता दिइने उल्लेख गरिएको छ ।

शिक्षा, स्वास्थ्य र समावेशी विकासमा जोड दिइएको नीति तथा कार्यक्रममा बागलुङ लगानी सम्मेलन गरिने उल्लेख गरिएको छ । ‘निजी क्षेत्रको सहकार्यमा नगर क्षेत्रभित्र ठूला उद्योग, कलकारखाना पर्यटन, कृषि उद्योग तथा ठूला पूर्वाधार निर्माण लगायतका नागरको समृद्धि र विकासकालागि लगानी जुटाउन विज्ञहरुको सुझावको आधारमा लगानीका क्षेत्रको पहिचान गर्न बागलुङ लगानी सम्मेलन गरिने’ उल्लेख गरिएको छ ।

आफ्नो नीति तथा कार्यक्रममा नगर प्रमुख श्रेष्ठले घुम्न जाउँ बागलुङ सञ्चालन गरिने बताए । बागलुङको ऐतिहासिक मेला चैते दशैँको अवसरपारी घुम्न जाउँ बागलुङ कार्यक्रम सञ्चालन गरिनेछ । चैते दशैँ मेलालाई गण्डकी प्रदेशको उत्कृष्ट मेलाको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा जहाँ विद्यार्थी त्यहाँ शिक्षक अभियानलाई प्रभावकारी बनाउने उल्लेख गरिएको छ ।

साुमदायिक विद्यालयमा कायम हुनुपर्ने शिक्षक विद्यार्थी अनुपातलाई व्यवस्थि तगर्नकोलागि यो अभियानलाई प्रभावकारी बनाइने उल्लेख छ । अभियान अन्तरगत विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा तहमिलान गर्ने नीतिलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

त्यस्तो आफ्नो नीति तथा कार्यक्रममा बागलुङ नगरलाई फेसलेस र पेपरलेस बनाइने उल्लेख गरिको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित