मेयर र उपमेयरका समर्थकहरू आमनेसामने हुँदा धरान तनावग्रस्त

काठमाडौं । मेयर हर्क साम्पाङका समर्थक र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरू आमनेसामने हुँदा अहिले धरान उपमहानगरको कार्यालय परिसर तनावग्रस्त बनेको छ।

धरान–१७ का वडाध्यक्षसमेत रहेका उपमहानगरका प्रवक्ता सूर्य भट्टराईले दिएको जानकारी अनुसार मेयरका समर्थकहरूले उपमेयरमाथि हुलहुज्ज्त गर्न खोजेका थिए।

लगत्तै उपमेयर बेघाका समर्थक माओवादी कार्यकर्ताहरू पनि उपमहानगर परिसरमा भेला भएका थिए। दुबै समूह ठूलो संख्यामा कार्यालयमा भेला भएर नाराबाजीसमेत गरिरहेको छ।

‘हर्क साम्पाङका समर्थकहरू खुकुरीसहित आएर उपमेयरमाथि हमला गर्ने प्रयासमा लाग्दा हाम्रा समर्थकहरू पनि आउने नै भए,’ प्रवक्ता भट्टराईले भने, ‘अहिले मेयरले निम्त्याएको अराजकताले नगर परिसर तनावग्रस्त छ।’

उपमहानगरमा सोमबारदेखि नै यस्तो भइरहेको थियो। नयाँ बजेटको सिलिङ निर्धारणका लागि सोमबार बैठक चलिरहेका बेला मेयर साम्पाङका समर्थकहरु ठूलो संख्यामा नगरमा आएका थिए। उनीहरूले सोमबार पनि उपमेयरमाथि हातपात प्रयास गरेका थिए।

यो तनावको मुख्य कारण बनेको छ, धरान-१६ को बहुभाषिक पाठशालामा निर्माण भएको ग्याबिन जाली।

विद्यालयको सुरक्षाका लागि भन्दै मेयर साम्पाङको नेतृत्वमा केही महिना अघि नै श्रमदान अभियानबाट त्यहाँ जाली हालिएको थियो। तर, काम सकिएको धेरै पछि मेयर साम्पाङले योजनाको रि–इस्टिमेट गराएर, धरान १६ बाहिरका मान्छे राखेर उपभोक्ता समिति बनाएर नगरमा बिल पेस गरेका थिए।

श्रमदानबाट पहिल्यै भइसकेको काममा नगरबाट भुक्तानी गर्न नमिल्ने भनेर उपमेयरले अडान लिएपछि मेयर साम्पाङ रुष्ट बनेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित