ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका-६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि पाल गम्भीर घाइते भएका थिए ।

स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । पाल केही दिनअगाडि मात्रै बिदामा घर आएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित