अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया, पदाधिकारीमा को-को भए निर्वाचित ?

काठमाडौं । अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा डा। सुजन कडरिया अध्यक्षमा निर्वाचित भएका छन् । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार सम्पन्न विद्युतीय मतदानमा कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई केवल ७ मतको न्यूनतम अन्तरले पराजित गरेका हुन् । मतगणनाका क्रममा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको थियो । कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत ल्याएका थिए।

दुवै नेताहरू पूर्ण प्यानल सहित निर्वाचनी मैदानमा उत्रिएका थिए । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो भने पौडेलले अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमति राख्ने समूहहरूलाई एकजुट गरेर प्यानल निर्माण गरेका थिए । महासचिव पदमा कडरियाकै प्यानलका दीपक धामी विजयी भएका छन् । पौडेलको प्यानलबाट महासचिवका उम्मेदवार आरके रोमस पराजित भएका छन् ।

निर्वाचित पदाधिकारीहरू

अध्यक्ष : डा. सुजन कडरिया
उपाध्यक्षहरू :बिकास श्रेष्ठ र अन्जना सिवाकोटी
महासचिव : दीपक धामी
उप(महासचिव : कमल जोशी
सचिवहरू : आकाश घर्ती, ई. रचना सापकोटा, गोपाल नेपाल र सबिम बाबू खान

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित