काठमाडौं । पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ।
पाठकले तीन साता अघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत ुहिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए।
त्यही भिडिओबारे उजुरी परेपछि उनीविरूद्ध ब्युरोले पुर्जी लिएको स्रोतले बताएको छ। साइबर ब्युरोले भने यसबारे तत्काल केही बताएको छैन।


































