भिजिट भिसाको सेटिङका लागि पैसा बुझाइएको १२ सय प्रमाण आइपुगेको छ : रास्वपा सांसद ढकाल

काठमाडौं । रास्वपा सांसद हरि ढकालले भिजिट भिसाको सेटिङमा पैसा बुझाइएको १२ सय प्रमाण आफूकहाँ आइपुगेको दाबी गरेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकांश पैसा नगद नै बुझाएको पाइएको बताए।

उनले पार्टीका सांसद सोविता गौतम, मनिष झा, शिशिर खनाल र आफूले सामाजिक सञ्जालबाट प्रमाण माग्दा १२ भन्दा बढी पैसा बुझाएका प्रमाणहरू आएको बताए।

उनले भने, ‘भिजिट भिसामा जानको लागि एयरपोर्टमा बुझाउने एउटा रकम हुँदो रहेछ। हामीलाई दलालहरूलाई बुझाएको प्रमाण आएको छ। दलाललाई बुझाउने रकम पनि कुनै क्यासमा, कुनै बैङ्क ट्रान्जेक्सन गरिएको छ। र एयरपोर्टमा बुझाउँदा प्रायजसो नगदमा कारोबार भएको रहेछ। त्यसैले हामीले छानबिन आयोगको माग गरेका हौंं। लाखौँ युवाहरू एजेन्टबाट बुझाएको पैसामार्फत खोज्दा जाँदा त मुख्य ठाउँसम्म त पुगिन्छ होला नि त।’

उनले भिजिट भिसामा महिलालाई दुबई लगेर कुवेत पुर्‍याइएको सूचना पनि आएको बताए। उनले २०६४ पछि गृहमन्त्री भएका सबैको छानबिन गर्नुपर्ने भन्दै गृहमन्त्रीले छानबिन प्रभावित पार्नसक्ने भएकाले राजीनामा दिनैपर्ने अडान सुनाए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित