गोल्डेन बुटको दौडमा एम्बाप्पे, पछिपछि मेसी र ओलिभर

काठमाडौं । कतार विश्वकप २०२२ को ६४ मध्ये ६० खेल पुरा भइसकेको छन् । प्रतियोगिता अन्त्यतिर आइपुग्दा यसको रोमाञ्चकता झन् झन् बढ्दै गइरहेको छ । विश्वपकको सेमिफाइनल समिकरण पूरा भएका छन् । अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम दुईका लागि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा तीन खेलाडीबीच सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने ‘गोल्डेन बुट’ का लागि प्रतिस्पर्धा चलिरहेको छ । हाल ‘गोल्डेन बुट’ दौडमा केलियन एम्बाप्पे शीर्ष स्थानमा रहँदा एम्बाप्पेलाई लियोनल मेसी र ओलिभर जिरौउडले पछ्याइ रहेका छन् ।

केलियन एमबाप्पे–पाँच गोल
फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे पाँच गोलसहित अग्रस्थानमा छन् । पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवसायिक फुटबल खेल्ने एमबाप्पे जारी विश्वकपका उत्कुष्ट लयमा देखिएका छन् । समूह चरणमा डेनमार्कविरुद्ध दुई तथा अष्ट्रेलियाविरुद्ध एक गोल गरेका एम्बाप्पेले अन्तिम १६ मा पोल्यान्डविरुद्ध दुई गोल गरेका थिए । एमबाप्पेले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन् ।

लियोनेल मेसी–चार गोल
लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिना १९८६ पछि पहिलोपटक विश्वकप जित्न अभियानमा छ । आफ्नो खेल जिवनको अन्तिम विश्वकप खेलिरहेका मेसीले उत्कृष्ट लयलाई कामय राख्दै चार गोल गरेका छन् । पिएसजीका स्ट्राइकर मेसीले समूह चरणमा साउदी अरेबिया र मेक्सिको, अन्तिम १६ मा अष्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध समान एक गोल गरेका थिए । मेसीले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन् ।

ओलिभर जिरौउड–चार गोल
फ्रान्सका सर्वाधिक गोलकर्ता ओलिभर जिरौउडले जारी विश्वपकपमा चार गोल गरेका छन् । एसी मिलानको स्ट्राइक जिरौउडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध दुई तथा अन्तिम १६ मा पोल्यान्ड तथा क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध समान एक गोल गरेका थिए । करिम बेन्जेमा घाइते भएपछि टोलीमा अवसर पाएका जिरौउडले जारी विश्वपकमा आफुलाई प्रमाणित गर्न सफल भए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित