काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सदनमा बजेटका प्राथमिकता प्रस्तुत गरेका हुन् ।
यी हुन् बजेटका प्राथमिकता
१. उद्यमशीलता, रोजगारी उत्पादन र उत्पादकत्वको अभिवृद्धि
२. प्रतिफलयुक्त भौतिक पूर्वाधारमा लगानी
३. सामाजिक क्षेत्रमा गुणात्मक सुधार
४. सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता
५. नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार




































