भारतमा हुने विद्युत निर्यात साढे २ अर्बले घट्यो

काठमाडौं । नेपालबाट हुने बिजुलीको निर्यात घटेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ८ महिनामा गत वर्षको सोही अवधिको तुलनामा विजुली निर्यात घटेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १० अर्ब ४५ करोड ६८ लाख रुपैयाँको विद्युत भारतमा निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ५५ करोड ६९ लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा नेपालबाट भारतमा १३ अर्ब १ करोड ३७ लाख रुपैयाँमा विद्युत निर्यात भएको थियो ।

नेपालका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण पनि नेपालले विद्युत निर्यात गर्न नसक्दा विद्युत बिक्रीबाट हुने आय घटेको छ । विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले भने ‘गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले केही जलविद्युत आयोजनामा क्षति पुगेको थियो । त्यसैको असर विजुली निर्यातमा देखिएको हो ।’

असोज ११ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, वालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो ।

उक्त समयमा आएको पहिरोले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा आंशिक्ष क्षति भयो । आयोजनाको विद्युत उत्पादन ८८ दिनपछि मात्रै सुरु भयो ।

असोज ११ गते साँझ ७ बजेदेखि आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो । जसको असर नेपालले विद्युत निर्यातबाट हुने आयमा परेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित