चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

ढोरपाटन । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । बागलुङ कालिका मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि विहानै ४ बजेदेखि मन्दिर खुला गरेपछि भक्तजनको घुइँचो लागेको हो ।

बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । चैते दसैँका अवसरमा भारतीय पर्यटकको पनि उल्लेख्य उपस्थिति छ । चैते दसैँलाई बागलुङको पहिचानका रुपमा समेत लिइन्छ । भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपिठ मानिने कालिका मन्दिरमा पूजाआराधना गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ ।

मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत २० गतेदेखि सुरु भएको छ ।

मेला २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष खड्काले बताए । मेलाको अवसरमा लोकदोहोरी गीत प्रतियोगिता, कालिका कप पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ । पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष खड्काको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित