इन्स्पेक्टर महत मृत्यु प्रकरण : अर्का इन्स्पेक्टर जाेशी पक्राउ

काठमाडाैं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

महतको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गत शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहन मुद्दामा जोशीविरुद्ध पीडितका परिवारले जाहेरी दिएका थिए । सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए ।

घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी मुख्यालयले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको छ । महत सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन्

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित