चन्द्र ढकाल भन्छन्- अधिकांश स्थानीय केबलकार बन्नुपर्छ भन्ने पक्षमा छन्

काठमाडौं । पाथीभरामा केबलकार बनाउन लागिएको विषयलाई लिएर स्थानीले विरोध जनाउँदै गर्दा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले धार्मिक आस्थालाई क्षति नपुर्‍याइ पाथीभरामा केबलकार बनाउन लागिएको बताएका छन्। पाथीभरामा पाँचतारे होटल निर्माण गर्ने भन्ने हल्ला रहेको बताउँदै यातायातको साधनकोरूपमा केबलकार निर्माण गर्न लागिएको बताएका हुन्।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले केबलकार मन्दिर छेउँमै पुर्‍याउने नभई ७०० मिटर टाढा टप स्टेसन रहेको बताए। टप स्टेसनमा अक्सिजनसहितको आधारभुत स्वास्थ्य संस्थाबाहेक अरू पूर्वधार नहुने बताए।

कतिपयले मन्दिरको भेटीमा चन्द्र ढकालले आँखा लगाएको भन्ने भ्रम फैलाइएको भन्दै आपत्ति जनाए। अहिले काम गरिरहेका श्रमिकलाई रोजगारी ग्यारेन्टी गर्ने उनको प्रतिबद्धता छ।

केबलकार निर्माणको कुल लागत करिब ३ अर्ब रूपैयाँ रहेको उनले बताए। हालसम्म पूर्वतयारीका काम सकिएको र ३ वर्षअघि अर्को व्यवसायिक घरनाले राखेको प्रस्तावमा सहमत भएर अधिकांश सेयर खरिद गरेको उनले बताए बताए।

सार्वजनिक सुनुवाइमा ३०० जना उपस्थित भएकोमा ३ जनाले मात्रै विरोध गरेको उनको दाबी छ। अधिकांश स्थानीय केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेको उनले बताए। अहिले विरोध गर्नेहरू जिल्ला बाहिर र नेपाल बाहिर बसेकाहरू रहेको उनको भनाइ छ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाइँदा कुनै धर्म, जातिविशेष वा संस्कार–संस्कृति र हालका संरचनामा केही असर नहुने बताएका छन् । बरु, त्यो थप मजबुत बनाउन सहयोग पुग्ने उनले उल्लेख गरे ।

उनले त्यहाँ केबलकार बनाइँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुष्प्रचार गरिएको बताए । केबलकार निर्माणले बालबालिका, वृद्धवृद्धा, अशक्त र उकालो–ओरालो हिँड्न नसक्नेका निम्ति सहज र सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने उनले स्पष्ट पारे ।

“हिँडेर जान चाहनेहरूको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्‍याउने छैन । यसका साथै स्वदेशी तथा विदेशी तीर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास छ,” उनले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित