काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ ।
आज बिहान प्लास्टिकभित्र प्रेसर कुकर जस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
भक्तपुरकी सिडिओ रूद्रादेवी शर्माले बास्कोटाको घरमा शंकास्पद वस्तु रहेको जानकारी आएपछि घटनास्थलमा नेपाली सेनालाई पठाइएको बताइन् ।
बास्कोटा मंसिर ४ मा भएको निर्वाचनमा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।


































