काठमाडौं । राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायतका अन्य ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको छ।
आयोगले शुक्रबार गोरखापत्रमा सूचना जारी गरी काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको हो ।
आयोगको ताहाचल कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्नरनगराउन यो सूचना प्रकाशित गरिएको छ ।’
आयोगले भदौ ३१ देखि भूमिहीनका लगत संकलनलगायत काम रोकेको थियो। आचारसंहिता लागु नहुने सूचना निर्वाचन आयोगले जारी गरेपछि भूमि आयोगले आफ्ना कामलाई निरन्तरता दिने पनि बताएको छ।




































