१६ वर्षको अनुभवले ठडिएको ‘डेस्टिनेसन ट्राभल्स’

नेपालबाट मात्र नभएर अमेरिकाको विभिन्न राज्यमा बसोबास गर्ने पुराना ग्राहकको सहयोगले नै नयाँ कम्पनी ‘डेस्टिनेशन ट्राभल’ स्थापित भयो । त्यसैले उनी ग्राहकलाई भगवान नै मान्छन् र सधैँ उनीहरूप्रति नतमस्तक छन् ।

काठमाडाैं । २०६१ साल । देशमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको अवस्था । जताततै सेना र माओवादीबीच मुठभेडको स्थिति । काठमाडौं सितापाइलाको एक १६/१७ वर्षीय केटोलाई त्यही समय केही गरौं भन्ने हुटहुटी थियो । परिवारको चाहना थियो– छोरो फौजमा जाओस् । बुवा, काका र परिवारका अन्य सदस्य पनि प्रहरी र सेनामै थिए ।

परिवारको चाहना भए पनि उनको उमेर १८ वर्ष पूरा भइसकेको थिएन । तर, उनलाई खाली बस्नै मन थिएन । आफ्ना एक काकालाई काम खोजिदिन आग्रह गरे उनले । तर, ती काकाले पनि कक्षा १२ पास गरेपछि प्रहरीमै जान सुझाव दिए । तर, दुई वर्षसम्म नकुर्ने ढिपी कसे ती युवकले ।

कक्षा ११ मा भर्ना हुँदै गर्दा उनलाई काकाले एक ट्राभल एजेन्सीमा काम लगाइदिए । ती युवक थिए काठमाडौंको सितापाइलाको मध्यमवर्गीय परिवारमा जन्मिएका मुकेश दाहाल । तीन जनाको माइलो सन्तान हुन् उनी । प्रहरीमा कार्यरत बुवाले परिवारका लागि गरेको दुःख देखेका उनी बुवालाई सक्दो सहयोग गर्नुपर्छ भन्ने सोच राख्थे । त्यसैले नै हो उनले कामको जिद्दी नछाडेको कारण ।

सोही ढिपीका कारण उनले नारायणहिटी उत्तरढोकामा अवस्थित ‘फक्स टुर्स एण्ड ट्राभल्स’बाट औपचारिक रुपमा जागिर सुरु गरे । नयाँ जोस र जाँगरका साथ आएका उनलाई त्यहीँका अग्रजहरूले मार्गनिर्देशन गरे ।

काम गर्न तेजिलो भएकाले उनलाई सबैले ‘सानो भाइ’ भनेर बोलाउँथे। उनी पनि मख्ख पर्दै उत्साहित हुँदै काम गर्थे । त्यतिबेला उनी सितापाइलाबाटै सार्वजनिक सवारीमै आउजाउ गर्थे । फक्समै काम गर्दा गर्दै उनले कक्षा १२ उत्तीर्ण गरे । त्यो समयसम्म उनमा ट्राभल व्यवसायमा रमिसकेका थिए । त्यसकारण उनले प्रहरीमा जाने सोच बनाएनन् । ट्राभलको कामलाई नै निरन्तरता दिए ।

काममा उनको लगनशीलता देखेर प्रतिस्पर्धी कम्पनी समेत प्रभावित थिए । फक्समा दुई वर्ष काम गरेपछि उनलाई ठमेलको ‘जेन नेपाल ट्राभल्स’बाट राम्रो सेवासुविधासहित काम गर्न प्रस्ताव आयो । सोही अनुसार मुकेशले २०६३ सालमा ठमेलको जेन नेपालमा काम गर्न थाले ।

त्यहाँ पनि मुकेशले आफूलाई प्रमाणित गरे । व्यवसायलाई माथि उठाउन उनले दिलोज्यान लगाएर मिहेनत गरे । ‘जेन नेपाल’मा तीन वर्ष काम गरेपछि उनलाई पुनः अर्को ट्राभल एजेन्सीबाट अफर आयो । एजेन्सीको नाम थियो– ट्राभल हाउस युएसए ।
नयाँ कम्पनीले उनलाई प्रबन्ध निर्देशकको रूपमा २०६६ सालमा स्वागत ग¥यो । त्यतिबेला कम्पनीमा जम्मा तीन जना कर्मचारी थिए ।

छिटो काम सिक्ने बानी र काम गर्न पनि सुरो स्वभावका कारण उनको नेतृत्वमा कम्पनीले छोटो समयमै उचाइमा पुग्यो । कम्पनी विस्तारको क्रममा उनले त्यहाँबाट दिइने सेवाहरूलाई पनि थप गर्दै लगे । त्यसो हुँदा काम पनि बढ्दै गयो । एउटा सानो कोठाबाट सुरू भएको कार्यालयलाई उनले दुई तलासम्म विस्तार गरे ।

कम्पनीको टुर र ट्राभलको क्षेत्रमा ‘दिन दुई गुणा, रात चौगुणा’ दरले प्रगति गरिरहेको बेला २०७७ मा कोरोना भाइरस (कोभिड १९)को महामारी आयो । देशभर लकडाउन भयो । विश्व बजारलाई नै थिलथिलो पारेको महामारीले मुकेश प्रबन्ध निर्देशक रहेको ट्राभल हाउस युएसएलाई पनि नछुने कुरै भएन । उनी कार्यरत कम्पनी पनि नराम्ररी प्रभावित बन्यो ।

कम्पनीले कर्मचारी कटौतीको नीति लियो । बाँकी कर्मचारीलाई पनि आधा महिनाको मात्र तलब दिन थाल्यो। दुई तलामा फैलिएको कम्पनी पुनः एक तलामै खुम्चियो । त्यसले मुकेशको जीवनमा पनि प्रभाव प¥यो । २०६९ मा विवाह गरेर एक छोरीको पिता भइसकेका उनीमाथि जिम्मेवारीको भारी थियो । अझ त्यसबीचमा उनले ऋणधन गरेर घरसमेत ठड्याएका थिए ।

कम्पनीले दिएको ५० प्रतिशत तलबले घर खर्च, छोरीको पढाइ अनि घर बनाएको ऋण धान्न गाह्रो भएपछि उनले ११ वर्ष काम गरेको कम्पनी छाडे । कम्पनी छाडेपछि केही समय घरमै रुमल्लिएका उनले लामो सोचपछि आफ्नै व्यवसाय गर्ने सोच बनाए । त्यसका लागि उनले अमेरिकामा रहेका आफ्ना दौँतरी सुरेश थापासँग सल्लाह गरे । दौँतरीसँगको सहकार्यमा उनले २०७८ मा आफ्नै कम्पनी खोले– डेस्टिनेशन ट्राभल ।

नयाँ कम्पनीलाई व्यवसाय पाउन गाह्रो हुने नै भयो । डेस्टिनेशन ट्राभलले पनि त्यो समस्याको सामना ग¥यो । तर, मुकेशको १६ वर्षको टुर्स एण्ड ट्राभलको अनुभव त्यहाँ काम आयो । उनले पहिलाको सम्बन्धका कारण व्यवसायले गति लिन थाल्यो ।
नेपालबाट मात्र नभएर अमेरिकाको विभिन्न राज्यमा बसोबास गर्ने पुराना ग्राहकको सहयोगले नै नयाँ कम्पनी ‘डेस्टिनेशन ट्राभल’ स्थापित भयो । त्यसैले उनी ग्राहकलाई भगवान नै मान्छन् र सधैँ उनीहरूप्रति नतमस्तक छन् ।

उनी आफूलाई कोरोनाले बनाएको व्यवसायी भन्न रुचाउँछन् । त्यसका लागि आफ्नो डेढ दशक लामो अनुभवले र पुराना ग्राहकको साथले ‘होस्टेमा हैस्से’ गरेको उनलाई लाग्छ । १६ वर्षे जागिरे अनुभव सङ्गालिसकेका मुकेशलाई व्यवसायले थप जिम्मेवार बनाएको छ । व्यवसाय गरेपछि परिवारलाई दिने समय केही घटेको छ, त्यसले उनलाई केही दुःखी अवश्य गराएको छ । यद्यपि व्यवसायको अवस्थालाई परिवारले बुझेकोमा उनी आफूलाई भाग्यमानी पनि ठान्छन् ।

डेस्टिनेशन ट्राभलले विशेषतः अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीहरूका लागि टिकटको व्यवस्था गर्छ । यसका अलावा नेपालको आन्तरिक उडान र अन्य देशमा रहेका नेपालीहरूका लागि पनि टिकट बनाउने काम कम्पनीले गर्दै आएको छ ।
मुकेश भन्छन्, ‘प्राथमिकता चाहिँ अमेरिकाको टिकट बनाउने भए पनि त्यसका अलावा क्यानडा, जापान, अष्ट्रेलिया, युरोपियन देशहरूको लागि पनि टिकट बनाउँछौँ। आएको बिजनेश छोड्दैनौँ ।’

१९ वर्षको अनुभव र चौबिसै घण्टा सेवा दिने प्रतिबद्धताले ग्राहकको भरोसा जितेको अनुभूति गर्छन् उनी । ग्राहकहरूले अन्य ग्राहकलाई सिफारिस गर्दा नै काम आइरहेको छ । आजसम्मको अनुभवले उनलाई कहिल्यै पनि ट्राभल एजेन्सीमा लागेकोमा पछुतो छैन । बरु खुसी छन् । कम्पनीले दुई जनालाई प्रत्यक्ष र दुई जनालाई अप्रत्यक्ष रोजगारी दिएको छ ।

मुकेश अमेरिकामा रहेको कम्पनीलाई अझै विस्तार गर्ने योजनामा छन् । पार्टनरको साथ र ग्राहकको विश्वास जित्दै जापान, अष्ट्रेलिया र युरोपियन देशहरूमा कार्यालय खोल्ने उनको चाहना छ । दुई जनाको कर्मचारीको संख्यालाई ठूलो बनाउने योजना बनाएका उनले भविष्यमा छिट्टै कम्पनीमा टुरको सेवा पनि थप्दैछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित