‘ग्ल्यामर’ नायिका शुभेच्छाको नयाँ अवतार !

काठमाडौं । शुभेच्छा थापा, नेपाली चलचित्रका दर्शकलाई नौलो नाम होइन। ‘मिस नेपाल’, ‘बिन्दास ३’ लगायतका फिल्ममा अभिनय गरेकी उनी फिल्मका कारण भन्दा पनि विवादका कारण बढी चर्चामा रहिन्।

खादाले गोप्य अंग छोपेको फोटो सार्वजनिक भएपछि होस् वा बक्षस्थलमा नेपालको झण्डाको ट्यायु बनाएपछि नै किन नहोस् उनको चर्को आलोचना समेत भयो। बौद्ध धर्मावलम्बीले चर्को विरोध र आलोचना गरेपछि उनले क्षमापूजा समेत गरेकी थिइन्। त्यसपछि भने माहोल शान्त भएको थियो।

त्यसरी चर्चामा रहने शुभेच्छा पछिल्ला केही वर्षदेखि नेपाली फिल्म क्षेत्रबाट एकाएक हराइन्। केही वर्ष हराएकी शुभेच्छा आजकल गगल्स, गाडी र ग्ल्यामरमा होइन, तिलक, चन्दन, र तुलसीका माला लगाएर रुद्राक्षका माला जप्दै गरेको देखिन्छिन्।

कुनै बेला फ्यानबाट लुकेर हिँड्ने उनी अहिले बाटोमा हिँड्ने, व्यापार गर्ने लगायतका मानिसहरुको भावना बुझ्न र उनीहरुसँग धेरै घुलमिल हुन चाहन्छिन्। त्यसैले आफूलाई आनन्द मिल्ने उनी बताउँछिन्।

टेलिचलचित्र हुँदै २०६२ सालबाट ठूलो पर्दामा प्रवेश गरेकी उनको पहिलो चलचित्र हो– ‘ध्रुवतारा’। त्यसबाहेक उनले ‘अग्नीज्वाला’, ‘क्रोध’, ‘म को हुँ’, ‘मखमली’, ‘निर्जला’ लगायतका थुप्रै चलचित्रमा काम गरेकी छन्।

आजकल शुभेच्छा विगत चार वर्षदेखि इस्कोनमा आबद्ध भएर अध्यात्म र भगवान भक्तिमा लागेकी छन्। तीन वर्षे संस्कृतमा डिप्लोमा गरेर इस्कोनमा दिक्षित समेत बनिसकेकी उनी अहिले शुभेच्छाबाट ‘शुभांगी राधादेवी दासी’ भएकी छन्।

चलचित्र क्षेत्रमा चर्चित अवस्थामा रहँदा समेत सन्तुष्टि कहिल्यैं नमिलेको उनको अनुभव सुनाइन्।

‘नाम, दाम, परिवार, सबै पूर्ण भइरहँदा पनि उनलाई सँधै केही न केही कुराको कमी भएको महशुस भइनै रहन्थ्यो,’ उनले भनिन्, ‘धेरै प्रश्नहरुले मलाई सताउन थाल्यो। त्यसपछि म इस्कोनमा जोडिएँ।’

मांसाहारी उनी विस्तारै शाकाहारी त भइन् नै सात्विक समेत बनिन्। आजकल उनी मांसाहारी लगायत लसुन र प्याज समेत छुँदिनन्। इस्कोनमा उनले तीन वर्षे संस्कृत डिप्लोमा गरेर त्यहीँबाट दिक्षित समेत भइसकेकी छन्।

आजकल उनलाई नायिका हुँदा भन्दा बढी गर्व भगवानको भक्तिमा लाग्छ रे। उनी यो स्वरुपमा आफ्नो पुनर्जन्मको रूपमा समेत लिन्छिन्। अध्यात्मले शालिनता सिकाउँदा यसले घरपरिवार र समाजमा अझै आफू घुलमिल हुन सकेको उनको अनुभव छ।

आफू अध्यात्ममा लागे पनि पर्दामा समेत देखिन सक्ने उनी बताउँछिन्। यद्यपि कर्मभन्दा बढी धर्मलाई नै समय दिने उनको भनाइ छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित