लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक भएको बताएका छन् ।

झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आज आयोजित कार्यक्रममा उनले मतदाताप्रति आभार प्रकट गर्दै तोकतन्त्रको अभ्यासमा हार जित स्वभाविक भएकाले कार्यकर्ता, शुभचिन्तक तथा मतदातालाई निराश नहुन आग्रह गरे ।

‘म संसद्मा नपुगे पनि यो क्षेत्रकोे विकासका लागि स्थानीय तह र प्रदेशको सहकार्यमा विकास निर्माणलगायत काममा निरन्तर सहयोग गर्छु’, उनले भने, ‘विकास निर्माणलाई अगाडि बढाउन कांग्रेसलाई कसैले रोक्न सक्दैन ।’ आफ्नो अगुवाइमा आएका विकास निर्माण आयोजनालाई सफल पार्न आफू यही क्षेत्रमा रहेर निरन्तर लागि रहने नेता सिटौलाको भनाइ छ । उनले भने, ‘म सधैँ जनताकै बीचमा रहनेछु, रहन्छु ।’

कार्यक्रममा क्षेत्र नं ३ (१) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट विजयी भूमिप्रसाद राजवंशीले सङ्घीय संसद्मा कृष्णप्रसाद सिटौला पुग्न नसके पनि उनको सद्भावले यस क्षेत्रको उन्नतिमा निरन्तर लाग्ने बचन दिँदै मतदातासित आभार प्रकट गरे ।

सोही कार्यक्रमअन्तर्गत झापा क्षेत्र नं ३ (१) मा प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई अविर र मालाले सम्मान गर्दै कचनकवल गाउँपालिकाका विभिन्न वडा परिक्रमासमेत गरिएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित