काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा भारी मतका साथ विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई पछि पार्दै उनी निर्वाचित भएका हुन् । थापाले २१ हजार ३०३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भट्टराईले १३ हजार ८४६ मत प्राप्त गरेका छन् ।
यी दुईबीचको मतान्तर संख्या ७ हजार ४५७ रहेको छ ।




































