काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना सुरू भएको छ । सोमबार साँझ सर्वदलीय बैठक बसेर सहमति जुटेपछि मतगणना सुरू गरिएको हो ।
निर्वाचन अधिकृत नारद प्रसाद भट्टराईका अनुसार सुरुमा बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकाका केही वडाहरुको प्रत्यक्षतर्फको ब्यालेट खोलेर मतगणना सुरू गरिएको छ ।
यस क्षेत्रमा गठबन्धनका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका छन् भने एमालेको तर्फबाट अब्दुस मियाँ रहेका छन् ।


































