सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द

काठमाडौं । सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द भएको छ । दुर्घटनापछि शोकमा परेको यो वायुसेवाले तत्कालका लागि उडान बन्द गरेको हो । उडान सुरु गरेको ६ वर्षमा सौर्यको विमान भयानक दुर्घटनामा उच्च व्यवस्थापन तहका कर्मचारीसहित कार्यालय हाँक्ने कर्मचारीसमेत परेपछि एयरलाइन्स शोकमा डुबेको हो ।

शोकमा परेको वायुसेवाले आफ्नो अनुकुलमा केही दिन उडान नगर्नुलाई स्वभाविक मानिन्छ । तर, यो वायुसेवालाई आर्थिक संकटसमेत परेकोले उडान व्यवस्थापन धान्न निकै मुश्किल परिरहेको थियो । एकातर्फ आर्थिक संकट गहिरिँदै जानु र अर्कोतर्फ जहाजका कर्मचारीसहितका उच्च व्यवस्थापन एकैपटक दुर्घटनामा परि निधन हुनेले यो वायुसेवाको उडान बन्द हुनु स्वाभाविक हो ।

यो वायुसेवासँग सीआरजे २०० नामक ५० सिट क्षमतका ३ वटा जहाजमध्ये अझै २ वटा छन् । एउटा जहाज एयरवर्दी (उडान योग्य) र अर्को एउटा भने मर्मतमै छ । यो वायुसेवा शोकमा डुबेकोले अर्को सूचना जारी नभएसम्को लागि उडान बन्द गरेको भए पनि यसलाई उडान गर्नमा कुनै बाधा नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

‘जहाजविहीन भएको अवस्थामा वायुसेवाको उडान सञ्चालन अनुमति (एओसी) आफैं निलम्बन हुन्छ तर सौर्यको २ वटा जहाज भएको र एउटा एयरवर्दी नै भएकोले जतिबेला पनि उडान गर्न सक्छ,’भुलले भने, ‘तर, यो वायुसेवाले नै आफ्नो अनुकुलमा उडान गर्न सक्ने गरी हाललाई सबै उडान स्थगित गरेको छ ।’

हरेक ५ वर्षमा पर्यटन मन्त्रालयबाट लिनुपर्ने उडान सञ्चालनको इजाजतपत्र (लाइसेन्स)को अवधि भने सौर्य एयरलाइन्सको साउन २५ गतेसम्मलाई मात्रै छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित