काठमाडौं । नेपाल पर्यटन बोर्डले लामोपछि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरेको छ ।
नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना जारी गर्दै गर्दै योग्य उम्मेदबारबाट आवेदन मागेको हो ।
पूर्व सीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोर्ड नेतृत्वविहीन थियो । सीईओ पदको कार्यकाल चार वर्षको हुन्छ । इच्छुक उम्मेदबारीलाई १२ दिनभित्र आवेदन दिन समय उपलब्ध गराइएको छ ।
यस पदका लागि स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ भने ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।