अर्धशतक बनाउँदै कुशल भुर्तेल आउट

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल क्यानडासँगको पहिलो ओडिआई खेलमा अर्धशतक बनाउँदै आउट भएका छन् ।

स्पिनर तथा कप्तान साद विन जफरको १९ औं ओभरको तेस्रो बलमा अघि बढेर सट खेल्न खोजे पनि मिस भएपछि कुशल भुर्तेल ६२ रनमा विकेटकिपर मोभाबाट स्टम्पिङ आउट भएका हुन् । उनले ५८ बलमा ९ चौका र १ छक्का हाने । उनको ओडिआई करिअरको सातौं अर्धशतक हो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ३ विकेट गुमाउादै १०६ रन बनाएको छ । भीम सार्की १७ र कुशल मल्ल ४ रनमा खेलेका छन् ।

चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको नवौं ओभरको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट ८ रनमा सहजै आउट भएका थिए । कप्तान रोहित पौडेल सोहिको सर्ट बलमा रोक्न खोजे पनि टप एज लागेर प्वाइन्टमा ठकेरबाट ८ क्याच आउट भएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित