शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् । मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर – २ बाट निर्वाचित भएका थिए ।
नेकपा माओवादी केन्द्र बागलुङले मन्त्री पौडेललार्ई दुवै क्षेत्रबाट सिफाििरस गरेको जिल्ला इन्चार्ज बलावति शर्माले जानकारी दिइन्
उनका अनुसार मन्त्री पौडेलसहित कृष्ण केसीको नाम सिफारिस गरिएको छ । यस्तै, बागलुङ क्षेत्र नम्बर –२ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाको नाम सिफारिस गरिएको छ ।




































