नेपाल टेलिकमको ‘विन्टर अफर’ : यस्ता छन् प्याकेज र सुविधा

काठमाडौं । नेपाल टेलिकमले विन्टर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराएको छ।

समय समयमा विभिन्न प्रकारका अफरहरु उपलब्ध गराउँदै आएको टेलिकमले शुक्रबारदेखि लागु हुने गरी विन्टर अफर २०८० विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराएको हो।

यस अफरअन्तर्गत १ दिनको समयावधिका लागि १९ रुपैँयामा ४०० एमबी र ३३ रुपैँयामा १२०० एमबी डाटा उपलब्ध हुनेछ। त्यसैगरी ७ दिनको समयावधिका लागि लागि १०९ रुपैँयामा ५ जीबी र २८ दिनको समयावधिका लागि २९८ रुपैँयामा ७ जीबी डाटा उपलब्ध हुनेछ।

स्टे कनेक्टेड प्याकअन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रुपैँयामा ६ जीबी डाटा तथा १३९ रुपैँयामा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ। त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रुपैँयामा अनलिमिटेड प्याक उपलब्ध हुनेछ।

यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याकलगायतका विभिन्न आकर्षक प्याकहरुसमेत उपलब्ध हुनेछ। त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ।

विन्टर अफरअन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले  *1415*1# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित