१३६ जना यात्रु लिएर ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं -ल्हासा -काठमाडौं उडान सुरु गरेको छ । कम्पनीले यो रुटमा बिहीबारबाट उडान थालेको हो ।

एयरलाइन्सको जहाज १३६ यात्रुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ः४० बजे ल्हासातर्फ प्रस्थान गरेको छ। उडान शुभारम्भका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री सुदान किराँती पनि त्रिभुवन विमानस्थल पुगेका थिए।

जहाज ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार बिहान १२ः०० बजे अवतरण गर्ने छ। यात्रा अवधि १ घण्टा २० मिनेटको हो। जनवरी १ देखि सातामा हरेक सोमबार काठमाडौं ल्हासा काठमाडौं उडान गर्ने एयरलाइन्सले जनाएको छ।

चिनियाँ सहरमा हिमालय एयरलाइन्सको यो पाँचौं उडान गन्तव्य हो। उसले बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाईमा नियमितरूपमा उडान गर्दै आएको छ।

कम्पनीले सेवा विस्तारलाई दुई देशबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्ध प्रवर्धन गर्ने प्रतिबद्धता भनेको छ। एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनका १० विभिन्‍न पर्यटकीय गन्तव्यमा उडान गरी वार्षिक १० लाख पर्यटक नेपाल भित्र्याउनु कम्पनीको मुख्य उद्देश्य भएको बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित