पशुपति क्षेत्र विकास कोषको कार्यकारीमा पुन नियुक्त

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकका लक्ष्मी पुन नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षता पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबारको बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो ।

द वाकर अनलाइनको सञ्चालक तथा सम्पादक रहेकी पुन प्रेस सेन्टर नेपालको सल्लाहकार पनि हुन् । उनी नेपाल पत्रकार महासंघका सचिव, प्रेस सेन्टर नेपालको उपाध्यक्ष, पूर्व गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकारसमेत भइसकेकी छन् ।

स्थायी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका रहेकी उनी युद्ध पत्रकारिता गरेकी हुन् । अध्ययनमा पुनले कानूनमा स्नातक र अंग्रेजी विषयमा स्नातकोत्तर तह गरेकी छन् ।

यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस एक गते सकिएको थियो । पुनले बिहीबार पदभार ग्रहण गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित