१२ वटा बैंकले घोषणा गरे लाभांश, सबैभन्दा अगाडी एनआईसी एशिया बैंक

काठमाडौं । ९ वाणिज्य बैंक र तीन विकास बैंकसहित १२ वटा बैंकले गत आर्थिक वर्ष २०७९ / ८० को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने तीन विकास बैंकमा मितेरी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र शाइना रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् । यी बैंकले क्रमश १० प्रतिशत, ५.२६३ प्रतिशत र ११.०५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

यता, लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा नेपाल एसबीआई बैंक, ग्लोबल आइइएमई बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टड बैंक रहेका छन । यी बैंकमध्ये माछापुच्छे, एभरेष्ट, एनआईसी एशिया, सानिमा र सिटिजनले साधारणसभा समेत सम्पन्न गरि लाभांश पारित समेत गरिसकेका छन् ।

एनआईसी एशिया बैंक

कुल २० वाणिज्य बैंकहरूमध्ये हालसम्म लाभांश वितरणको घोषणा गरेका नौ बैंकहरूमध्ये उच्च लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक बनेको छ । बैंकले अधिकतम ३०.५२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९ /८० को मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत नगद लाभांश, एभेष्ट बैंकले १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

यता, सानिमा बैंकले ९ प्रतिशत बोनससहित कुल १४.७ प्रतिशत, माछापुच्छेले १३.३ प्रतिशत बोनससहित कुल १४ प्रतिशत नेपाल एसबीआई बैंकले ३.७५ प्रतिशत बोनस र ६.८ प्रतिशत नगदसहित १०.५५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर सेयर जारी नगरेका कारण अब १० वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश घोषणा गर्न बाँकी रहेका वाणिज्य बैंकमा नबिल बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, नेपाल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित