अवैध क्लिनिक चलाउने ४ जना पक्राउ

कैलाली । धनगढीमा अवैध रूपमा क्लिनिक सञ्चालन गरेका चार जना पक्राउ परेका छन् । बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका-२ र ३ बाट अवैध मेडिकल सञ्चालन गरिरहेका चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालन २५ वर्षीय नवीन धामी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले बताए ।

उनकाअनुसार वडा नम्बर .३ मै सञ्चालन गरिएको फारवेष्ट प्याथोलिजीका ३३ वर्षीय दिपक महरा र वडा नम्बर २ मा रहेको रेस्मी क्लिनिक फार्मेसीका ७३ वर्षीय गोरख बहादुर श्रेष्ठलाई पनि पक्राउ गरिएको छ ।उनीहरूले प्रचलित कानुनबमोजिम लिनुपर्ने सञ्चालन अनुमति नलिएको देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित