कङ्गोमा नेपाली शान्ति सैनिकको निधन

काठमाडौं : शान्ति मिसनका लागि कंगोमा रहेका एक नेपाली सैनिक जवानको विद्रोहीको आक्रमणमा परेर मृत्यु भएको छ। सुर्खेत, गुर्माकोट-१४ का सिपाही अनिल गुरुङ्गको मृत्यु भएको हो। उनको मृत्यु भएपश्चात संयुक्त राष्ट्रसंघले विज्ञप्ति जारी गर्दै उनीप्रति संवेदना प्रकटछ गरेको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गरेका हुन्। शान्ति सैनिकमाथि गरिएको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा पनि गरेको छ ।

‘नेपालका एक शान्ति सैनिकको मृत्यु भएको छ। महासचिवले मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र जनताप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।  महासचिवले संयुक्त राष्ट्र शान्ति सैनिकहरूमाथि आक्रमण गर्नु युद्ध अपराध हुनसक्ने स्मरण गरे’, विज्ञप्तिमा उल्ल्ख छ, ‘उनले यस घटनाको छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा ल्याइदिन कंगोली अधिकारीलाई आग्रह गरेका छन्।’

अपरेशन ‘बाली’का क्रममा विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरिड्ङबाट उनी घाइते भएका थिए। उनलाई हेलिकप्टरमार्फत थप उपचारको लागि बुनियाँस्थित लेबल-२ अस्पतालमा लगिएको थियो। अस्पतालमा नै उनको मंगलबार मृत्यु भएको हो।

उनी संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत थिए। नेपाली शान्ति सैनिकको निधनपश्चात नेपालमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले कर्तव्य पालनाको सिलसिलामा नेपाली शान्ति सैनिकको मृत्युवरण भएको बताउँदै उनको योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन्।

‘शान्ति स्थापना जस्तो महान एवं पवित्र कार्यमा संलग्न नेपाली शान्ति सैनिकको आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा निज शान्ति सैनिकप्रति प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले समस्त नेपाली सेना परिवारको तर्फबाट उहाँको बलिदानीपूर्ण योगदानप्रति उच्च सम्मान प्रकट गर्नु भएको छ। सिंगो नेपाली सेनालाई नै स्तब्ध बनाएको यस दुस्खद् घडीमा शोक सन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक समवेदना प्रकट गर्दछ’ जंगी अंड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित