फिल्म ‘डलर एयूडी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘डलर एयूडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माणको घोषणा गरिएको हो ।

लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले फिल्म निर्माण गर्न लागेको हो ।

सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्न लागेको फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहनेछ ।

देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्ममा सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । चर्चित फिल्म ‘आमा’मा सह(लगानी गरेका अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको बिषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहेका छन् । अष्ट्रेलियामा छायांकन हुने बताइएको फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । जसको पट्कथा चे शंकरले तयार पारेका छन् ।

अस्ट्रेलियन छायाकार राय (RAH)को सिनेमाटोग्राफी, मनोरन्जन श्रेष्ठको सम्पादन अजय कुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको संगीत रहने चलचित्रको सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिने बताइएको छ । समयमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित