टिचिङ कर्मचारी मृत्यु प्रकरण : प्रशासन प्रमुखसहित चार जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भएको एक कर्मचारीको मृत्युबारे अनुसन्धानका लागि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

परिवारले आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

परिवारको जाहेरीले पछि पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको छ ।

शुक्रबार बिहान साढे ८ बजेतिर अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । लगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो ।

त्यसक्रममा सुसाइड नोट पनि फेला परेको थियो । पोखरेल मृत भेटिएपछि दिनभर अस्पतालमा तनावको स्थिति सिर्जना भएको थियो ।

अस्पताल स्रोतका अुनसार, पोखरेलसहित ७ जना कर्मचारीलाई बिहीबार मात्रै स्पष्टीकरण सोधिएको थियो ।

यसैबीच, मृतकको परिवारले घटनाबारे छानबिनका लागि उच्च स्तरीय समितिको माग गरेका छन् । पोखरेललाई जोडिएको प्रकरणमा समेत सत्यतथ्य छानबिन गर्ने गरी समिति गठनको माग गर्दै उनीहरुले शव उठाएका थिएनन् ।

काठमाडौं प्रहरीका अनुसार शुक्रबार साँझ चार जनालाई पक्राउ गरेपछि शव उठाउने वातावरण बनेको छ । पोष्टमार्टमका लागि शव पठाएर थप अनुसन्धान अघि बढाउने प्रहरी तयारी छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित