काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक तत्काल ल्याउन माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आगामी बैठकमा विधेय नल्याए आफूहरूले संसद् चल्न नदिने चेतावनी दिए ।
उनले कसको स्वार्थमा विधेयक रोकियो भन्दै प्रश्नसमेत गरे । ‘आजको ।बैठकमा मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीमा किन आएन ? कसका कारणले रोकियो ?’ उनले भने, ‘यो विधेयक तत्काल संसद्मा आउन आवश्यक छ । छिटो प्रतिस्थापन विधेयकमार्फत् ल्याइयोस् । आगामी बैठकमा त्यो विधेयक आएन भन हामी सदन चल्न दिने छैनौं । गत असार २० गते एमालेलगायत विपक्षी दलले सदन अवरुद्ध गरेका कारण सरकारले अध्यादेशमार्फत् ल्याएको विधेयक निष्क्रिय छ।